डुबेर आमाछोरीको ज्यान गयो

बाँके, साउन ३२ । राप्ती नदीको डुबानमा परेको नरैनापुर गाउँपालिका ६ गंगापुर कुदेरबेटवा गाउँस्थित सिंगैया नालामा डुबेर आमा र छोरीको मृत्यु भएको छ । अर्की एक छोरी बेपत्ता छिन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिरबहादुर थापाका अनुसार सिंगैया नालामा तार्ने क्रममा छोटेलाल कुर्मीकी श्रीमती रामदुलारी यादव, ८ वर्षीया छोरी सुनिता यादव र तीन बर्षीया छोरी अन्जली खोला तार्ने क्रममा मंगलबार साँझ ६ वजे डुबेका थिए । आमा रामदुलारी र सुनिताको शव बुधबार भेटिएको छ । घर जाने क्रममा उनीहरु खोला तर्दै थिए ।

कमेन्ट गर्नुहोस्