प्रधानमन्त्री र चिनियाँ उपप्रधानमन्त्री वाङबीच भेट, के भयो सहमति ?

काठमाडौं, साउन ३२ । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएपछि जवाफमा उपप्रधानमन्त्री वाङले राष्ट्रपति चाँडै नेपाल आउने र भ्रमणको मिति कूटनीतिक स्तरबाट तय हुने जनाएका छन ।

दुई नेताको भेटमा सिगात्सेबाट काठमाडौं, पोखरा हुँदै लुम्बनी जोड्ने रेलमार्ग निर्माण बारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवाले भूकम्पपछि अवरुद्ध अरनिको राजमार्ग खुलाउन जोड दिएका छन् ।

त्यसैगरी, प्रधानमन्त्री देउवाले रोड, रेलका साथै क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणमा जोड दिएका छन् । साथै नेपालमा चिनियाँ लगानी भित्र्याउन पनि आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्