काठमाडौं, साउन ३२ । महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिसंग छलफल गरेकी छन ।
बुधबार बाढी, पहिरो र डुबान पीडितलाई आवश्यक राहत र उद्दारका लागि सहयोग जुटाउने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिसंग बैठक सम्पन्न विज्ञप्ती मार्फत जनाइएको छ ।
विज्ञप्ती अनुसार बैठकमा मन्त्री कोइराला सरकारले राहत वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले एकद्धार प्रणाली लागु गरेको जानकारी दिदै यसले गैरसरकारी संस्थालाई राहत वितरण बाधा नपुग्ने बताइन ।
हेर्नुहोस विज्ञप्ती