जनकपुर बाढीपीडितसँग प्रचण्ड, २ सय बढी परिवारलाई राहत वितरण

जनकपुर, भदौं १। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनकपुर उपमहानगरपालिका वडा नं.१८ भोयलका २०० बाढी पीडित परिवारलाई राहत सामग्री वितरण गरेका छन ।

बुधबार सप्तरी, सर्लाहीलगायतका तराईका जिल्लामा पुगेर बाढीको क्षति अवलोकन तथा राहतमा जुटेका प्रचण्ड बिहिबार बिहानै जनकपुर आइपुगेका हुन ।

बिहीबार बिहान नेता मातृका यादवका साथमा जनकपुर पुगेका अध्यक्ष प्रचण्डले २०० बाढी पीडित परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री राहतस्वरुप वितरण गरेका छन ।

राहत वितरण गर्दै अध्यक्ष प्रचण्डले नेपालीलाई दुख्दा सिङ्गो देश एक ढिक्का भएको बताउँदै बाढी पीडितको दुखमा साथ दिन आफू जनकपुर आएको बताए । प्रचण्डले भने, ‘हिजो पहाडमा भूकम्प आउँदा तराई मधेशले दिल खोलेर सहयोग गर्यो। अहिले मधेशमा बाढी आएको छ, मधेश दुखेको छ। त्यस्तो बेला पहाडका बेला तपाईहरुलाई दिल खोलेर सहयोग गर्न आतुर छन्। अहिले सिङ्गो देश तपाईहरुको पीडाको साथमा छ।’

सरकार र पार्टीको तर्फबाट तपाईहरुको दुखमा मल्हम लगाउन हरदम तयार छ। राहत र पुनर्स्थापनाका सत्ता पक्ष, प्रतिपक्ष नभनी काम गर्न सबै पार्टीलाई आब्हान गर्दछु।अध्यक्ष प्रचण्डद्वारा जनकपुरका बाढी पीडितलाई राहत वितरण  गर्नुभएको छ।

बिहीबार बिहान नेता मातृका यादवका साथमा जनकपुर पुग्नुभएका अध्यक्ष प्रचण्डले २०० बाढी पीडित परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री राहतस्वरुप बितरण गर्नुभएको हो।

राहत बितरण गर्दै अध्यक्ष प्रचण्डले नेपालीलाई दुख्दा सिङ्गो देश एक ढिक्का भएको बताउँदै बाढी पीडितको दुखमा साथ दिन आफू जनकपुर आएको बताउनु भयो। प्रचण्डले भन्नुभयो, हिजो पहाडमा भूकम्प आउँदा तराई मधेशले दिल खोलेर सहयोग गर्यो ।

अहिले मधेशमा बाढी आएको छ, मधेश दुखेको छ। त्यस्तो बेला पहाडका बेला तपाईहरुलाई दिल खोलेर सहयोग गर्न आतुर छन् ।

अहिले सिङ्गो देश तपाईहरुको पीडाको साथमा छ। सरकार र पार्टीको तर्फबाट तपाईहरुको दुखमा मल्हम लगाउन हरदम तयार छ। राहत र पुनर्स्थापनाका सत्ता पक्ष, प्रतिपक्ष नभनी काम गर्न सबै पार्टीलाई आब्हान गर्दछु।

कमेन्ट गर्नुहोस्