यातायात व्यवसायीद्वारा बाढीपीडितलाई एक लाख बार्इस हजार सहयोग

दाङ, भदौ १ । यहाँको यातायात व्यवसायी समितिले बाढीपीडितका लागि रु एक लाख २२ हजार सहयोग गरेको छ ।

उनीहरुले बुधबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव सुरेश हमालको नेतृत्वमा नगरपालिकामा पुगेर संयुक्तरुपमा सो रकम बाढीपीडितको सहयोगार्थ जम्मा गरिएको हो ।

राप्ती अञ्चल सार्वजनिक यातायात समितिले रु २५ हजार, राप्ती अञ्चल साना मालबाहक समितिले रु २१ हजार, तुलसीपुर जिप तथा माइक्रोबस व्यवसायी समितिले रु २१ हजार, राप्ती अञ्चल ट्रक व्यवसायी समितिले रु.२३ हजार, दाङ जिल्ला ट्र्याक्टर व्यवसायी समिति, अम्बिकेश्वरी सार्वजनिक राप्ती समितिले रु.२१ हजार गरी रु.एक लाख २२ हजार सहयोग गरिएको हो ।

यसअघि तुलसीपुर उपमहानगरपालिकाको सो कोषमा विभिन्न संघसंस्थाले रु.२५ लाख जम्मा गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्