वाईसीएल नेपालको दोश्रो राष्ट्रिय सम्मेलन शुरू, प्रचण्डद्वारा उद्घाटन (फाेटाे फिचर)

काठमाँडौ, भदाै २ । योंग कम्युनिष्ट लीग (वाईसीएल) नेपालको एकताको दोश्रो सम्मेलन शुरू भएको छ ।

माओवादी केन्द्र निकट युवाहरूको संगठन वाईसीएलको एकताको दोश्रो राष्ट्रीय सम्मेलनको उदघाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् ।

सम्मेलनमा देशभरिबाट ५ सय सत्तरी प्रतिनिधि उपस्थित छन । उदघाटन कार्यक्रममा माओवादीका नेताहरूको समेत बाक्लो उपस्थिति छ ।

काठमाँडौको कोटेश्वर नरेफाँटस्थित कोटेश्वर पार्टी प्यालेसमा सम्मेलनको उदघाटन शत्र चलिरहेको छ ।

उदघाटन सत्रपछि बंद सत्र सुरु हुने र राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने छ ।

माओवादी आन्दोलनमा निक़ै महत्वका साथ हेरिने वाईसीलको यो सम्मेलनले १ सय ५१ जनाको कार्यसमिति चयन गर्ने छ ।

 

कमेन्ट गर्नुहोस्