सर्वाधिक कमाई गर्ने अभिनेत्री एमा, एउटा फिलिम बापत २.६ करोड डलर पारिश्रमिक

६ ओस्कार अवार्ड विजेता एमा स्टोन सर्वाधिक कमाई गर्ने अभिनेत्री बनेकी छिन् । फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सूचीमा पहिलो नम्बरमा एमा पर्न सफल भएकी हुन् ।

यसअघिकी पहिलो धनाध्य अभिनेत्री जेनफरलाई पछाडि पार्दै एमा पहिलो नम्बरमा आउन सफल भएकी हुन् ।

२०१५ र २०१६ मा जेनिफर सर्वाधिक कमाई गर्ने नायिकाको पहिलो नम्बरमा थिइन् । वेबसाइट व्यारायटी डटकमका अनुसार, स्टोनले फिल्म ‘ला ला ल्यान्ड’बाट २.६ करोड डलरको कमाई गरेकी थिइन् ।

२.५५ करोड डलरको कमाई गरेकी जेनिफर एनिस्टन दोस्रो स्थानमा छिन् । लरेन्स २.४ करोड डलरको कमाई गर्दै यस वर्ष यो मामलामा पछाडि धकलिएर तेस्रो स्थानमा पुगेकी छिन् । यो २०१६ को उनको कमाईभन्दा करीब आधा हो ।

गत वर्षको सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण १० औं स्थानमा थिइन् तर यस वर्ष भने हटेकी छिन् ।

कमेन्ट गर्नुहोस्