साइप्रसमा २२ वर्षीय नेपाली युवतीको मृत्यु डुबेर भएको रिपोर्ट

साइप्रस प्रहरीले टोकरपुर ८ रामेछापकी २२ बर्षकी यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरेको छ ।

साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाइ प्रहरीले उनको मृत्युबारे जानकारी गराएको हो ।

गत अगस्ट ७ मा मगर एउटा कम्प्लेक्सस्थित स्विमिङ पुलमा डुबेको अवस्थामा फेला परेकी थिइन् ।

अस्पताल पुर्याउनेबित्तिकै उलाई मृत घोषणा गरिएको थियो ।

दूतावासका अनुसार मगरकी स्पोन्सरले शव नेपाल पठाउन र क्षतिपूर्ति दाबी गर्न वकिल नियुक्ति गरिसकेकी छन् ।

वकिलले दूतावासको सम्पर्कमा रहेर काम अगाडि बढाइसकेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्