बाबुराम ज्ञान विनाको विद्वान-प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई ज्ञान विनाका विद्वान भएको टिप्पणी गरेका छन ।

राजधानीमा आइतबार नयाँशक्ति पार्टी नेपालका प्रभावशाली नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बाबुराम विद्वान भएको तर, ‘त्यो विद्वोत्तालाई कहाँ प्रयोग गर्ने भन्ने ज्ञान नभएको’ टिप्पणी गरेका हुन ।

याे पनि पढ्नुस  लामो समयपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट, के भयो सहमति

रामचन्द्र झाको प्रंसगलाई जोड्दै प्रचण्डले भने नेकपा एमालेबाट रामचन्द्रजी बाहिरीदै गर्दा एमालेले भनेको थियो तराई–मधेसको एक जना विद्वान नेता गुमायौं । तर बाबुरामजीले त्यसलाई चिन्न सक्नु भएन । प्रचण्डले भने विद्वान हुनु र ज्ञानी हुनु फरक कुरा हो ।

एउटा सीप भएको मानिसले राम्रो बन्दुक, तरबार, खुकुरी बनाउन सक्छ । तर उसले आफूले बनाएका ती हतियारले कसरी काम गर्छन भन्ने जान्दैन । वा ती हतियारलाई कहाँ प्रयोग गर्नुपर्छ जान्दैन । बाबुराम जी पनि त्यस्तै नेता हो ।

याे पनि पढ्नुस  कांग्रेस–एमालेले माओवादी एजेण्डा भन्दा बाहिर गएर काम गर्न सक्दैनन् : प्रचण्ड

बाबुरामजीको त्यही अज्ञानताका कारण रामचन्द्र र देबेन्द्र पौडेल लगायतका दर्जनौ नेता नयाँशक्ति र बाबुरामजीलाई छोड्ने अवस्था आयो । नेपाल कम्युनिष्ट आन्दोलनका महत्वपूर्ण व्यक्तिलाई बाबुरामजीको ज्ञानविनाको विद्वोत्तता र शैक्षिक घमण्डले चिन्नै सकेन वा चिन्नै चाहेन ।

नेपाली कम्युनिष्ट आन्दोलनमा आएको विग्रह र फुटमा बाबुरामजी पनि कम दोषी हुनु हुदैन । वहाँ मिलेएर अगाडि जाने भन्दा पनि एक्लै अगाडि जाने सोचको शिकार हुनु भएको हो । त्यसको परिणाम बाबुरामजीले भोग्न थाली सक्नुभएको छ ।

कमेन्ट गर्नुहोस्