नयाँ शक्तिमा एकपछि अर्को पहिरो, सहसंयोजकसहित सयौं माओवादीमा प्रवेश गर्दै

काठमाडौं, भदौं ५ । नयाँ शक्ति  पार्टी नेपालका सह–संयोजक परशुराम तामाङसहित एक सय भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन । देवेन्द्र पौडेल नेतृत्वको धुव्रीकरण समितिमार्फत उनीहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन् ।

सोमबार बिहान संयोजक डा. बाबुराम भट्टराईलाई भेटेर तामाङसहितका नेताहरुले नयाँ शक्ति पार्टी नेपालको सम्पूर्ण जिम्मेवारीबाट औपचारिक रुपमा बिदा लिएको जानकारी गराएका छन् ।

उनीहरु मंगलबार पौडेलको नेतृत्वमा बनेको धु्रवीकरण संयोजन समितिले बोलाएको भेलामा सहभागी हुनेछन् ।

यसअघि ताम्सालिङ राष्ट्रिय जनमुक्ति पार्टीको वरिष्ठ अध्यक्षको हैसियतमा परशुराम तामाङ नयाँ शक्ति नेपालसँग एकता गर्दै नयाँ शक्ति नेपालको सह संयोजक बनेका थिए ।

कमेन्ट गर्नुहोस्