कैलालीमा बस दुर्घटना, दुई जनाको मृत्यु २१ घाइते

कैलाली, भदौं ५ । कैलालीको खानीडाँडामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
सोमबार धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको ना ४ ख ५६३५ नम्बरको बस दिउँसो १ बजेतिर चुरे गाउँपालिका वडा नम्बर–५ खानीडाँडामा दुर्घटना भएको हो ।

बस दुर्घटनामा परि मृत्यु हुनेमा डोटी जोरायल गाउँपालिका–५ का ७० वर्षीय नरबहादुर देउवा र कैलाली जोशीपुर गाउँपालिका–५ की ४८ वर्षीया दुर्गादेवी मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते सबैको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ । भने १ जनालाई थप उपचारको लागि भारतको हल्द्वानी रिफर गरिएको बताइएको छ ।

कर्णाली रिभर याताउतको उक्त बसमा २५ जना यात्री सवार रहेको र बस सडकबाट करीव १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्