करेन्ट लागेर तीन घाइते

दमक, भदौ ६ । झापाको गौरीगञ्ज गाउँपालिका–१ स्थित कुञ्जीबारी बजारको एक घरमा हाइटेन्सन बिजुलीको तार खस्दा तीनजनालाई करेन्ट लागेको छ ।

करेन्ट लागेका तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आज बिहान करिब ६ बजे पोलमाथिको तार स्थानीय चन्द्र काफ्लेको घरमा खस्दा चन्द्र काफ्ले, उनकी श्रीमती राधिका र छोरी दमन्ता गम्भीर घाइते भएका हुन् ।

करेन्ट लागेर गम्भीर घाइते तीनैजनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको स्थानीय नगेन्द्र कुँवरले जानकारी दिनुभयो । करेन्ट लागेर काफ्लेका दुईवटा चौपायासमेत मरेका छन् ।

कमेन्ट गर्नुहोस्