अफगानिस्तानबाट सेना फिर्ता हतार हुनसक्छ– राष्ट्रपति ट्रम्प

वासिङ्टन, भदौ ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताउनुभएको छ ।

उहाँले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउदा त्यहाँ सुरक्षाको कमी आउने र त्यसमा इस्लामिक स्टेटले खेल्न पाउने अवस्था आउने बताउनु भएको हो ।

याे पनि पढ्नुस  अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य रिपोर्टमा देखाइन थाल्यो त्रुटि, सामाजिक सञ्जालमा खनियो खोइरो

अमेरिकी विदेश नीति सम्बन्धी एक महत्वपूर्ण सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले उक्त कुरा बताउनु भएको हो ।

अफगानिास्तानमा रहेका अमेरिकी सेनालाई अहिले नै फिर्ता गर्न खोज्नुले तालिवानहरुको मनोबल बढ्न पनि सक्नेतर्फ सचेत रहनेतर्फ पनि सोच्नुपर्नेमा उहाँले सो सम्बोधनका क्रममा जोड दिनुएको छ ।

याे पनि पढ्नुस  एमालेको ‘उक्साहट’ मा राष्ट्रपतिले अध्यादेश होल्ड गरेको कांग्रेसको आरोप

यस अघि अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता बोलाउनुपर्ने पक्षमा आफू रहेको स्विकार गर्दै उहाँले तर अबको विकसित परिस्थितिमा भने सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हाल अफगानिस्तानमा ८ हजार ४०० अमेरिकी सेना रहेका छन् । त्यस्तै अन्य ५ हजार नेटोआवद्ध अन्य देशका सेना पठाइने पनि ट्रम्पले बताउनु भएको छ ।

याे पनि पढ्नुस  राष्ट्रपति ट्रम्प र पुटिन फिनल्याण्डमा भेट्ने

शुक्रबार क्याम्प डेबिटमा भएको सुरक्षा अधिकारीहरुसँगको बैठकपछि उहाँले आवश्यक परेमा बरु अमेरिकी सेना नै थप्न सकिने बताउतुभएको थियो । तर ती सैन्य के कति सङ्ख्यामा थपिने हुन भन्ने बारेमा बारेमा भने केही बताइएको छैन ।

कमेन्ट गर्नुहोस्