अफगानिस्तानमा फेरी युद्द लड्ने ट्रम्पको घोषणा, नूनको सोझो गर्न भारत र पाकिस्तानलाई आग्रह

वाशिङ्गटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा आतंकवादीहरुविरुद्ध यसअघि जस्तै युद्द गर्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले यो युद्दमा साथ दिन भारत र पाकिस्तानलाई समेत आग्रह गरेका छन् ।

भर्जिनियाका फोर्ट मेयरमा अमेरिकी सैनिकहरुमाझ भाषण गर्दै ट्रम्पले अबको युद्द जित्नका लागि लड्ने बताए । “हामी जित्नका लागि लड्ने छौं ।” ट्रम्पले भने, “हामी कहिले आक्रमण गइरहेका छौं भन्ने कुरा त म भन्न सक्दिनँ, तर हामी आक्रमण गर्नेछौं ।”

ट्रम्पले विगतमा आफूले सेनाको संख्यामा कटौती गर्ने भनेपनि त्यो अफगान युद्दमा मारिएका अमेरिकी फौजको अपमान हुने बताए । अफगानिस्तानबाट सेना फिर्ता बोलाए आतंकवादीहरुका लागि आक्रमण गर्न ठाउँ खाली हुने र उनीहरुले आफ्नो सञ्जाल बलियो बनाउने ट्रम्पको तर्क थियो ।

पाकिस्तानले आतंकवादीहरुलाई संरक्षण गरेको आरोप लगाउँदै ट्रम्पले पाकिस्तानको कटु आलोचना समेत गरे । “पाकिस्तान आतंकवादी संगठनका लागि सुरक्षित स्वर्ग बनेको छ । हामी यो कुरामा लामो समय मौन बस्न सक्दैनौं ।” उनले भन, “हामीले चाहिँ पाकिस्तानलाई अर्बौं डलर दिने, तर पाकिस्तानले भने हामीले नै लडिरहेका आतकंवादीहरुलाई पाल्ने ? यो तत्काल परिवर्तन हुनुपर्छ ।”

उनले यो युद्दमा भारतलाई समेत सहयोग गर्न आग्रह गरे । ट्रम्पले भने, “अफगानिस्तानमा स्थायीत्व हुनुपर्ने भारतको चासोलाई हामीले सम्मान गर्छौं तर भारतले अमेरिकासँग व्यापारबाट अर्बौं कमाइरहेको छ भने हामीलाई सहयोग गर्नैपर्छ ।”

ट्रम्पको अभिव्यक्तिविरुद्ध तालिबानले भने कडा प्रतिक्रिया दिएको छ । अमेरिकाले युद्दको धम्की दिनु भन्दा आफ्ना सैनिक फिर्ता लग्नुपर्ने तालिबानले बताएको छ ।

कमेन्ट गर्नुहोस्