देवेन्द्र पौडेल र नेकपाका जीवन नेतृत्वका सयौं नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, भदौं ६ । नयाँ शक्ति पार्टी परित्याग गरी बृहत ध्रुबीरकण संयोजन समिति गठन गरको देवेन्द्र पौडेल नेतृत्वको ठूलो समूह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

कोटेश्वरको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पौडेल लगायतका सयौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको हुन । साथै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका पदम खड्का ‘जीवन’ नेतृत्वको समूह पनि माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

नबप्रवेशीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्