धुलिखेल नगरपालिका- २ का वडा अध्यक्ष कोईरालाको मृत्यु

काभ्रे, धुलिखेल नगरपालिकाका वडा नं २ का वडा अध्यक्ष राजन कोईरालाको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

कोईराला गत भदौँ ४ गते राती सेतिदेवी दुग्ध उत्पादक सहकारी संस्थामा दुध विक्री गरेर घर फर्कदै गर्दा रविओपीको छापको खोल्सा नजिक कोईरालाहरुको कुलदेवता मन्दिर नजिक लडिरहेको अवस्थामा फेला परेका थिए ।

घाइते कोईरालाको काठमाडौंको नर्भिक अस्पतालको आईसियुमा राखेर उपचार गरिएको थियो ।

कोईरालाको शव पोष्टमार्टमका लागि अहिले शिक्षण अस्पताल महाराजगनमा राखिएको छ । पोष्टमार्टपछि आजै दाहसंस्कार गरिने नेपाल पत्रका महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सनाले जानकारी दिए ।

प्रहरीले घटनाको पहिचान गर्न नसकेको भन्दै धुलिखेल एमालेले विरोध गर्दै आएको छ । उनी एमालेबाट निर्वाचित भएका वडा अध्यक्ष हुन् ।

कमेन्ट गर्नुहोस्