दलीय सेटिङमा वनको निर्वाचन गराउन लागेको भन्दै आन्दोलन

प्रकाश उप्रेती

झापा, भदौ १० । वन ऐन नियम विपरित दलीय सेटिङमा सामुदायिक वनको निर्वाचन गराउन लागेको भन्दै अन्य पार्टी आन्दोलनमा उत्रेका छन् । झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समितिको आगमी भदौ १६ गतेका लागि हुने भनिएको आसन्न निर्वाचनका लागि एमाले, कांग्रेस र माओवादी पार्टीको दलीय सेटिङमा पदाधिकारी मनोनित गरिएको भन्दै राप्रपा लगायतका दल आन्दोलनमा उत्रेका हुन् ।

वनमा राजनीति गर्न पाइदैन, बैज्ञानिक वनवारे स्पष्ट पार, तीन दलीय वनका लागि घातक छ लगायतका प्ले–कार्डसहित कार्यालय पुगेको संर्घष समितिले शुक्रबार वन कार्यालय घेराउ समेत गरेका थिए ।

वनको निर्वाचनमा सबैको प्रतिनिधित्व हुनुपर्नेमा मूख्य तीन दलको आफूखुसी निर्णयप्रति रुष्ट हुँदै राप्रपा नेपाल, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टी, र आदिवासी जनजाति महासंघले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रेको संघर्ष समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्