नेपाली नागरिकता त्याग्ने बढे

काठमाडौं, भदौ ११ ।  विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्नेको संख्या बढेको छ । बेलायती सेनाका सेवानिवृत्तलाई उतै स्थायी बसोबाससहितको सुविधा उपलब्ध भएपछि देश छाड्ने क्रम तीव्र छ ।

कास्कीमा २०६६ बैशाखयता नेपाली नागरिकता त्याग गर्नेको संख्या दुई सय ५३ पुगेको छ ।  त्यसैगरी गोरखामा २०७० यता ३७ जनाले नेपाली नागरिकता त्यागेका छन् ।

कमेन्ट गर्नुहोस्