दीपेन्द्रको कप्तानीमा यू–१९ क्रिकेट टोलीको घोषणा (नामसहित)

काठमाडौं, भदौ ११ । एसीसी यू–१९ क्रिकेट प्रतियोगिता (पूर्वी क्षेत्र)का लागि दीपेन्द्र सिंह ऐरीकोको कप्टानीमा टोलीको नाम सार्वजनिक गरिएको छ ।

मलेसियामा यही भदौ २३ देखि सुरु हुन लागेको सो प्रतियोगिताका लागि नेपालका तर्फबाट १४ खेलाडी छनौट गरिएको छ ।

यसअघि अघिल्लो महिना यू–१९ विश्वकपको छनोट चरणका खेल्न सिंगापुर पुगेको टोलीबाट ४ खेलाडी परिवर्तन गरिएको छ । पछिल्लो पटक टोलीमा रहेका ललितनारायण राजवंशी, प्रकाश केसी र रिजन ढकाल यसपटक वैकल्पिक खेलाडीमा परेका छन् भने आदील खानलाई टोलीबाट निमालिएको छ । सन्दिप जोरा, नन्दन यादव, सुमित महर्जन र विक्रमकुमार भूसाल टोलीमा परेका नयाँ खेलाडी हुन् ।

प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, थाइल्यान्ड र भुटान रहेका छन् । समूह ‘बी’ मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् ।

पूर्ण टोली नाम

१. दिपेन्द्र सिंह ऐरी (कप्तान)
२. सन्दिप लामिछाने
३. मोहम्मद आसिफ शेख
४. सन्दिप सुनार
५. प्रनित थापा मगर
६. अनिलकुमार शाह
७. पवन सर्रा
८. रोहितकुमार पौडेल
९. किशोर महतो
१०. शाहव आलम
११. नन्दन यादव
१२. विक्रमकुमार भुसाल
१३. सन्दिप जोरा
१४. सुमित महर्जन

वैकल्पिक खेलाडी :
१.कमल सिंह ऐरी
२.ललितनारायण राजवंशी
३.प्रकाश केसी
४.रिजन ढकाल

कमेन्ट गर्नुहोस्