Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छोरालाई बलीउडमा डेब्यू गराउँदै करीना

भदौ ११ । बलीउड अभिनेत्री करीना कपूर खान र सैफ अली खानका छोरा तैमूर अली खान सेलिब्रेटी किड्समा सबैभन्दा क्यूट छन् ।

रोचक त के छ भने अब चाँडै नै करीना कपूरका छोरा तैमूरले बलीउड फिल्ममा डेब्यू गर्दैछन् ।

मुम्बई मिररको खबरका अनुसार करीनाको कमब्याक फिल्म ‘वीरे दी वेडिङ’मा तैमूर देखिन सक्नेछन् । सुत्रको खबरलाई उद्धित गर्दै मुम्बई मिररले लेखेको छ, तैमूरको एक सट् फिल्ममा हुनेछ । यसका लागि अहिले स्क्रिप्टको काम चलिरहेको छ ।’

फिल्मको छायाँकन सुरु भैसकेको छ भने यसका लागि अहिले करिना जिममा खुबै पसीना बगाइरहेकी छिन् । ‘वीरे दी वेडिङ’को टीमले स्क्रिप्टमा केही परिवर्तन गर्दै करीनाको प्रेग्नेन्सीलाई पनि स्क्रिप्टमा समावेश गरेको छ र यसैकारण तैमूर यो फिल्ममा देखिँदैछन् ।

शशांक घोषको निर्दैशनमा बन्न लागेको यस फिल्म चार साथीको जिन्दगीमा आधारित रहेको छ । फिल्ममा करीनाका अलावा सुमित व्यास, सोनम कपूर, स्वरा भास्कर र शिखा तलसानिया पनि मुख्य भूमिकामा देखिँदैछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: