मेलम्ची ठेक्का तोड्ने तयारी

काठमाडौं ,भदौ १२ ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआइटिएफसँगको ठेक्का रद्द गर्ने भएको छ ।

ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने तयारी थालिएको हो । जेआइटिएफले महांकाल–चुच्चेपाटी, चाबहिल–महाराजगन्ज हुँदै बाँसबारीसम्म मुख्य पाइपलाइन र दुइटा रिजभ्र्वायर ट्यांकी बनाउने ठेक्का पाएको थियो ।

विदेशी परामर्शदाता दोहा इन्जिनियरिङ कन्सल्ट्यान्टले जेआइटिएफको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्र्न सिफारिस गरेको निर्देशनालयका एक अधिकारीले बताए । –नागरिक दैनिकबाट 

कमेन्ट गर्नुहोस्