राइजिङ स्टारलाई उपाधि

काठमाडौं, भदौ १२ ।  प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टार बोर्डिङ स्कुल, बक्लौरीले जितेको छ । आइतबार प्रिपाहा खेलमैदानमा भएको फाइनलमा राइजिङ स्टारले नमूना सामुदायिक विद्यालय झुम्कालाई २–१ ले परााजित गर्दै उपाधि उचाल्यो ।

राइजिङ स्टारका लागि विकल राजधामी र देवेन्द्र लिम्बूले सामान एक गोल गरे भने नमूनाका कैलाश कार्कीले १ गोल फर्काए ।

फाइनलमा राइजिङ स्टार बोर्डिङ स्कुल, बक्लौरी र नमूना सामुदायिक विद्यालय, झुम्का भिड्ने भएका छन् ।

राइजिइङ स्टारले शुक्रबार भएको खेलमा लर्डबुद्ध बोर्डिङ स्कुललाई पराजित गर्दै नमूनानसँगको भेट पक्का गरेको हो । प्रिपाहास्थित खेलमैदानमा भएको खेलमा राइजिङ स्टारले लर्डबुद्धलाई टाइब्रेकरमा ४–३ ले पराजित ग¥यो । निर्धारित समयमा दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलमा लर्डबुद्धका सोमन्त थापा घोषित भए । फाइनल खेल आइतबर हुने छ ।

कमेन्ट गर्नुहोस्