एकद्वार प्रणाली नीति ल्याइने छ : मन्त्री कोइराला

एकद्वार प्रणालीबाट एनजिओ र आइएनजिओलाई व्यवस्थित गरिनेछ ः मन्त्री कोइराला

काठमाडौँ, भदौ १२ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले गैरसरकारी संस्थाबाट प्रदान हुँदै आएको सेवा सुविधालाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति सरकारले लिइने बताएकी छिन् ।

रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले ऐन परिवर्तन गरेर भएपनि एकद्वार प्रणाली लागू गर्नेतर्फ सरकार अगाडी बढेको बताइन् ।

समाज कल्याण ऐन संशोधन गरेर एनजिओ र आइएनजिओलाई व्यवस्थित र नियमन गरिने बताइन् । समाज कल्याण ऐन संशोधनको प्रक्रिया सुरु भइसकेको जानकारी दिदै मन्त्री कोइरालाले भनिन्, “राष्ट्रिय बजेटभन्दा बढि एनजिओ आइएनजिओको बजेट हुँदोरैछ । तर प्रभावकारी काम भएको पाइएन । त्यसैले समाज कल्याण ऐन परिवर्तन गरेर एकद्धारा प्रणाली लागु गर्नुपर्छ ।”

याे पनि पढ्नुस  आज विश्व बाल रंगमञ्च दिवस

अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु विभिन्न उद्देश्यले आउने गरेको बताउँदै मन्त्री कोइरालाले सबै संस्थाले समाजको हितमा काम नगर्ने हुँदा कडा रुपमा प्रस्तुत हुनुपर्ने बताइन् । त्यस्ता संस्थाले गर्ने योगदानको कदर गर्दै ऐन संशोधन गरिने मन्त्री कोइरालाको भनाई छ ।

मन्त्री कोइरालाले महिला बालबालिका र जेष्ठ नागरिकको हितका लागि ३७ बुँदे कार्ययोजना बनाइएको जानकारी मन्त्री कोइरालाले दिइन् । महिलाको सहजताका लागि केही महत्वपूर्ण योजना अघि सारिएको भन्दै मन्त्री कोइरालाले भनिन्, “महिला विरुद्धको कूरीति, कूसंस्कार र अपराधिक घटना अन्त्य गर्नका लागि काम भइरहेको छ । हरेक स्थानीय तहमा महिला हिंसा र अपराध रोक्नका लागि ¥यापिड रेस्पोन्स एण्ड एक्सन टिम निर्माण गरिने छ ।”

याे पनि पढ्नुस  ब्यवसायिक उन्नत बाख्रापालन तालिम सम्पन्न

जेष्ठ नागरिकका, अपाङ र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बढाउनका लागि पनि आफूले पहल गरिरहेको मन्त्री कोइरालाले बताइन् । त्यस्तै असहाय र सडक बालबालिकाको संरक्षणका लागि पनि नयाँ कार्यक्रम ल्याइने मन्त्री कोइरालाको दाबी छ ।

कमेन्ट गर्नुहोस्