Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फिलिमले तोडिएको करण र काजोल दम्पतीको सम्बन्ध सुुधारतिर

भाद्र १२ । बलिउड अभिनेत्री काजोल र निर्माता÷निर्देशक करण जौहरबीचको सम्बन्ध अब सुधारतिर उन्मुख रहेको छ । उनीहरुबीचको घनिष्ट सम्बन्ध चलचित्रका फिलिमका कारण छुटिएको थियो । उनीहरुबीच भनाभनपश्चात बोलचाल नै बन्द थियो ।

कुरा गत सालको मात्रै हो । अजय निर्देशित ‘शिवाय’ र करण निर्देशित ‘ऐ दिल है मुस्किल’ एकै दिन रिलिज हुँदै थिए । त्यसअघि स्वघोषित फिल्म समीक्षक एकजना खानले ‘शिवाय’ का विरुद्ध सोसल साइटहरूमा दुष्प्रचारको शृंखला चलाए ।

अजय पक्षले बुझदा ती खानले यसका लागि आफूलाई करणले लाखौं रुपैयाँ दिएको बताएछन् । त्यसपछि अजय र करण मौखिक युद्धमा भिड्न थाले । काजोलले पति अजयको साथ दिन स्वभाविकै थियो । उनी पनि उत्रिइन मैदानमा । करणले त्यस्तो गर्न लगाएको प्रति आफू आश्चर्य नै परेको भन्ने काजोलको प्रतिक्रियापछि करणपनि आफ्नो बायोग्राफीमा काजोलसँग सम्बन्ध तोडिएको घोषणै गरे ।

आफूले खानलाई पैसा दिएर ‘शिवाय’ को बदख्वाइँमा लगाएको आरोप झूटो भएको भन्दै आएका करण र काजोल दम्पत्तिबीच बोलचालै बन्द नै भयो ।
तर, त्यस्तो अवस्था लामो समय रहन पाएन ।

केही महिनाअघि करण सरोगेसीका माध्यमले जुम्ल्याहाका ड्याड बने । उनले रक्षा बन्धनमा इन्स्टाग्राममा राखेको तिनको फोटामा काजोलले लाइक हानिदिइन् । त्यसपश्चात करणले पनि काजोलको इन्स्टाग्राममा फलो गर्न थाले । हुँदाहुँदा उनी काजोलको बर्थडेका दिन उनको घरै पुगे ।

घरसम्मै आईपुगेपछि भाउ खोजी बस्नु पनि उचित थिएन, त्यसैले अजयले पनि उनलाई स्वीकारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

मुम्बईमा एउटा फिल्मको प्रोमोसनमा रहेका अजयले काजोल–करणबीचको सम्बन्धका बारेमा ‘यो व्यक्तिगत विषय भएकाले केही भन्न नचाहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: