साढे तीन महिनापछि भरतपुर ४ र ७ का वडाध्यक्षले लिए शपथ

चितवन, भदौ १२। भरतपुर महानगरपालिकाको दुईवटा वडाका वडा अध्यक्षले आज शपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेलाई शपथ गराएका हुन्।

विजयी दुई वडा अध्यक्षविरुद्ध विशेष अदालत पाटनको हेटौंडा इजलासमा परेको रिट निवेदन खारेज भएपछि उनीहरुलाई काम गर्ने बाटो खुलेको हो। निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुनः निर्वाचनका कारण झण्डै तीन महिना ढिला गरी अन्य पदमा विजयीले शपथ लिए पनि दुई वडा अध्यक्षले शपथ लिन पाएका थिएनन्।

याे पनि पढ्नुस  भरतपुरमा रोकिएको मतगणना पुनः सुचारु

यी दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएपनि झिनो मतान्तरको हारमा नेपाली कांग्रेसका प्रतिद्वन्द्वीले मत गणनामा त्रुटि भएको आरोपसहित रिट दायर गरेपछि शपथ रोकिएको थियो।

कमेन्ट गर्नुहोस्