नयाँ शोधको दावीः सेक्सका लागि सबैभन्दा उत्तम समय बिहान पौने ८ बजे

न्यूयोर्क, एजेन्सी । शारीरिक सम्बन्धका बारेमा कैयन् अनुसन्धान भएका छन् । अचम्मको कुरा त के छ भने यस्ता हरेक अनुसन्धानका आआफ्नै दावी समेत हुने गरेका छन् ।

सेक्सका लागि उत्तम समय कतिबेला त भन्ने बारेमा कैयन् अनुसन्धान भएका छन् । पूर्वीय मान्यतामा बिहानको सेक्स राम्रो मानिँदैन । तर, पश्चिमतिरका केही अनुसन्धानले भने बिहानको यौनसम्पर्क नै सबैभन्दा राम्रो मानेका छन् ।

याे पनि पढ्नुस  डाक्टर भन्छन्– गर्भावस्थामा डिप्रेसनको औषधी खतरनाक

हालैमात्र एउटा नयाँ अनुसन्धानले समेत बिहानको यौनसम्बन्ध नै सबैभन्दा उत्तम मानेको छ । यो नयाँ शोधमा बिहान निन्द्राबाट ब्यूँझिएपछिको ४५ मिनेट पछि या साढे सात बजेको यौनसम्पर्क सबैभन्दा आनन्ददायी र राम्रो हुने बताइएको छ । तपाई यो खबर एभरेष्टदैनिडटकममा पढ्दै हुनुहुन्छ । तर हामीकहाँ भने यो समय सेक्सको कुरा गर्ने समेत परिस्थिति हुन्न या रुचाइन्न ।

याे पनि पढ्नुस  गर्भ बस्न नसक्नुका यी हुन सक्छन मुख्य कारणहरु

फोर्जा सप्लिमेन्ट्सद्वारा गरिएको यो सर्वेक्षणमा एक हजार स्वस्थ्य र सक्रिय मानिसहरुको सहभागिता रहेको थियो । सर्वेक्षणको निष्कर्श प्रस्तुत गर्दै अनुसन्धानकर्ताहरुले बिहान निन्द्राबाट ब्यूँझिएको ४५ मिनेट पछिको समयलाई सही समय बताएका छन् । उनीहरुले यसको विकल्पमा बिहान पौने आठ बजेको समय समेत उपयुक्त हुने बताए ।

रातभरी शरीरले आराम पाएपछि यतिखेर पुरुष र महिला दुबैको स्टेमिना उच्च बिन्दुमा हुने उनीहरुको दावी छ । पुरुषमा टेस्टोस्टेरोनको लेभल समेत बिहान सबैभन्दा बढी हुने उनीहरुको भनाई छ । यसअतिरिक्त बिहान सम्बन्ध कायम गर्दा ब्लड प्रेसर र स्ट्रेसको लेबल समेत निकै कम हुने भएकोले दिनभरी उर्जावान भइने उनीहरुको दावी छ ।

याे पनि पढ्नुस  हस्तमैथुन, शीघ्रपतन र सानो लिङ्गबारेका जान्नैपर्ने कुरा

यसअघिका केही अनुन्धानमा बिहान सेक्स गर्दा पुरुषको प्रजनन क्षमता बढ्ने र हर्ट अट्याक समेत कम हुने दावी गरिएको थियो ।

कमेन्ट गर्नुहोस्