‘छक्का–पञ्जा २’ को ‘म त यता किनारामा’ गीत सार्वजनिक (भडियोसहित)

यही असोज ११ गतेदेखि ‘छक्का पञ्जा–२’ को प्रदर्शनको तयारीमा

भदौ १३ । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले निर्देशन गरेको दोस्रो नेपाली चलचित्र ‘छक्का पञ्जा–२’ को ‘म त यता किनारामा, ‘झ्याम्म झ्याम्म’ बोलको गीत सार्वजनिक गरिएको छ।

आगामी असोज ११ गतेदेखि प्रदर्शन गर्न लागिएको नेपाली चलचित्र ‘छक्का पञ्जा–२’ को त्यस गीतले पनि चर्चा पाउने निर्माण टिमको आशा छ ।

याे पनि पढ्नुस  चलचित्र ‘गुनगुन’को पोस्टर सार्वजनिक, आगामी कार्तिक ३० गते प्रदर्शनमा

सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर तथा उत्तम सञ्जेलको शब्द सृजना रहेको छ भने संगीत किरण कँडेलले भरेका छन् ।

यस नेपाली चलचित्र ‘छक्का–पञ्जा २’ को निर्मातामा भने दीपकराज गिरी रहेका छन् । दीपाश्री निरौलाले निर्देशन गरेको दोस्रो नेपाली चलचित्र छक्का पञ्जा २’ मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, विल्सन विक्रम राई, स्वरुप पुरुष ढकाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्काको अभिनय रहेको छ।

याे पनि पढ्नुस  कलाकार केसीको जन्मदिनको अवसरमा नयाँ चलचित्र ‘दालभात’को घोषणा

‘छक्का-पञ्जा २’ को  ‘म त यता किनारामा’ गीतको भिडियाे यहाँ क्लिक गरी हेर्न सक्नुहुने छ-

कमेन्ट गर्नुहोस्