क्रान्तिकारीको सचिवमा एउटै जिल्लाका चार उम्मेदवार

प्रेम सुनार
गुल्मी, भाद्र १३ । राजधानीमा जारी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनमा सचिव पदमा गुल्मी जिल्लाका मात्रै चार जनाले उम्मेदवार दिएका छन् ।

५ नम्वर प्रदेश सचिवमा प्रकाश अधिकारी, यदु ज्ञवाली र छात्रा सचिव पदमा अध्यक्ष रञ्जित तामाङ्गको प्यानलबाट उम्मेदवारी दिएका हुन् । त्यस्तै अध्यक्ष अनिल शर्माको प्यानलबाट गुल्मीकै प्रकाश घिमिरे र वसन्ता भण्डारीले सचिव पदमा उम्मेदवारी दिएका छन् ।

चारै जना विद्यार्थी नेताहरु सशक्त भएकोले सचिव पदको दावी नछाडेर चुनावी प्रतिष्पर्धामा भिडन चाहेको माओवादी केन्द्र गुल्मीका प्रचार विभाग प्रमुख युवाराज केसीले जानकारी दिए । उनका अनुसार गुल्मीकै अर्का विद्यार्थी नेता घनश्याम खरेल भने केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित भई सकेका छन् । दिव्रुङ्ग निवासी खरेल आयोजक कमिटीमा पनि केन्द्रीय सदस्य थिए ।

याे पनि पढ्नुस  विचल्लीमा परेका वालवालिकालाई ईजरायलबाट सहयोग

पद्यमकन्या क्याम्पस काठमाडौंमा अध्यानरत छात्रा सचिव वसन्ता भण्डारी काठमाडौंमा सशक्त विद्यार्थी नेतृ हुन । उनको घर गुल्मीको धुर्कोटरजस्थलमा पर्दछ । पौदीअमराई अरेवाका प्रकाश घिमिरे पनि काठमाडौंका चल्तापुर्जा विद्यार्थी नेता हुन् । प्रकाश अधिकारी बुटवलमा कार्य क्षेत्र बनाएर त्यहाँको विद्यार्थी संगठनलाई हाँक्दै आएका विद्यार्थी नेता हुन् । उनको घर गुल्मी कै दर्लामचौरमा पर्दछ ।

याे पनि पढ्नुस  १६ वर्षीय किशोरद्वारा ८८ वर्षीय बृद्धाको बलात्कार

यदु ज्ञवाली गत स्थानीयय निर्वाचनमा गुल्मीमा सवै भन्दा कान्छो गाउँपालिका प्रमुख उम्मेदवार हुन र यस जिल्लाको विद्यार्थी आन्दोलनका हस्तीहरु मध्ये एक हुन् ।

माओवादी आन्दोलनको इतिहाँसमै निर्वाचनबाटै संगठन निर्माणको ईतिहाँस रच्दै छ अखिल क्रान्तिकारीले यति वेला । हालसम्म माउ पार्टी र उसका कुनै पनि भातृ संगठनले मतदानबाट संगठनको नेतृत्व चयन गरेको छैन । ‘तोक आदेशमा पद’ जसलाई नेताले टिका लगाई दिने प्रथा भनेर आलोचना समेत हुने गरेको थियो ।

वरिष्ठता र योगदानको कदर भन्दै कैयौ असहमत हुँदाहुँदै पनि जनवादी केन्द्रियताको माओवादी परम्परालाई तोड्दै लोकतान्त्रिक विधि अपनाईएको अखिल क्रान्तिकारीको २१ औं सम्मेलन यस अर्थमा पनि सिङ्गो पार्टीलाई चुनौती र आफैमा ऐतिहाँसिक महत्वको बनिरहेको छ । सात गतेबाट चलिरहेको सम्मेलनमा सहमतिको प्रयास गरिए पनि भोली मतदान हुन गई रहेको छ ।

याे पनि पढ्नुस  गुल्मी धुर्काेट ४ जैसिथाेकमा माअाेवादीकाे प्यानलै विजयी

अध्यक्षमा क्रमशः माओवादी नेता तथा गृहमन्त्री जनार्दन शर्माका भाई अनिल शर्मा , तामाङ्ग र पदम अर्यालले उम्मेदवार दिएका छन् । सम्मेलन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा चलिरहेको छ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डले गरेका थिए ।

कमेन्ट गर्नुहोस्