काठमाडौं, भदौं १३ । राजधानीको कुलेश्वरको एक घरमा मंगलबार भएको आगलागीबाट झण्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
मंगलबार दिउँसो करिब चार बजेतिर रामकृष्ण बैदारको घरमा आगो लागेको प्रहरीले जनाएको छ । बिजुलीको तार सट भएर घरको चौथो तलामा आगो लागेको बताइएको छ ।
प्रहरी, स्थानीय र दमकलको सहयतामा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।