Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

क्रान्तिकारीको अध्यक्षमा रन्जित २४ मतले अगाडी, हेराैँ अन्यत्र कसले कहाँ जिते

काठमाडौं,भदौ १६ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नयाँ नेतृत्वको लागि मतगणना जारी रहेको छ ।

पछिल्लाे मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार रन्जित तामाङ अगाडी  छन्।  ७१७ मत गन्दा अध्यक्षमा रन्जितकाे ३४८ र अनिल शर्माकाे ३२४ मत रहेकाे छ । यस्तै उपाध्यक्षतर्फ तिलक भण्डारीकाे २२२, पुरन केसीकाे २५७, सुरेन्द् बस्नेतकाे ३२२,उद्धव भट्टरार्इकाे २४२,विजय गाैत्तमकाे १८७  मत अाएकाे छ ।

बुधबार राति मतदान सम्पन्न भएको थियो ।

नयाँ नेतृत्वको लागि ३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति चयन गर्नका लागि यही भदौ ७ गतेबाट काठमाडौँमा अधिवेशन भएको थियो । सहमतिबाट नेतृत्व चयन नभएपछि क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन हुदैछ ।

दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले मतदान गरेका थिए । अध्यक्ष न्यौपानेका अनुसार शुक्रबार साँझसम्म मतगणना सकिने छ ।

Image may contain: indoor

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

कमेन्ट गर्नुहोस्

%d bloggers like this: