बालाजू अटोवक्सले दियाे अाफ्ना प्राविधिकहरुलार्इ प्रशिक्षण

भदौ १६ । नेपालका लागि महिन्द्रा ट्राक्टरको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बलाजू अटो वर्क्सले अाफ्ना डिलहरुमा रहेका प्राविधिकहरुका लागि प्रशिक्षण दिएको छ ।

उत्कृष्ट सर्भिस् तथा महिन्द्रा जेन्यून स्पेयर पार्टस् र लुब्रिकेन्टको सहि उपयोग सम्बन्धी सीप विकास गराई उनीहरुलाई सक्षम बनाउने उदेश्यले बीरगन्जमा अायाेजित उक्त प्रशिक्षण नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री मेनेजर तपस पटनायक तथा बालाजू अटो वक्र्सका सिनियर इन्जिनियर दीपक आचार्यले दिएका हुन् ।

यस तालिम मार्फत् प्राविधिकले ग्राहकहरुको आवश्यकतालाई अझ बढी उचित ढंगले समाधान दिन सक्ने कम्पनीले बताएको छ ।

दुई दिने साे प्रशिक्षण कार्यक्रममा प्रतिनिधिहरुलाई थ्योरि तथा प्राक्टिकल दुबै तरिकाबाट तालिम दिइएको छ । तालिमको विशेष आकर्षण भनेको महिन्द्रा ट्राक्टर NOVO /  YUVO रहेको थियो ।

अग्नि ग्रुपको बारेमा
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि. अन्तर्गतअग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छ।

कमेन्ट गर्नुहोस्