ढुक्क हुनुहोस् चुनाव तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघको चुनाव तोकिएको समयमै हुनेमा विश्वस्त हुन सबैलाई अपिल गरेका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले प्रदेश र संघको चुनाव तोकिएकै समयमा हुने र प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन् ।

याे पनि पढ्नुस  विद्यार्थी मृत्यु प्रकरणः प्रिन्सिपलसहित ५ जनाविरुद्ध मुद्दा दायर

प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमण उपलब्धिमुलुक भएको दाबी गर्दै भ्रमणका बेला कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण, ७ नम्बर प्रदेशमा प्राविधिक शिक्षालय विस्तार, दार्चुला र डडेल्धुरा जिल्लामा महाकाली नदीमा भारतका तर्फबाट पक्की पुल निर्माणका लागि सम्झौता भएको बताएका छन् ।

याे पनि पढ्नुस  घरपालुवा जनावरमा खाेरेत रोगको प्रकाेपले प्रभावित

यस्तै, पञ्चेश्वर परियोजनाको एक महिनाभित्र डिपिआर तयार गरेर योजना अघि बढ्ने भन्दै यसले सुदूरपश्चिम सँगै समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने दावी गरे । बिहीबार महाकाली नदीको चार लेनको पक्की पुल शिलान्यास गर्न कञ्चनपुर पुगेका थिए ।

कमेन्ट गर्नुहोस्