११ करोडको लगानीमा बनेको मासु उद्योग बन्द

धादिङ, भदौ १६ । स्वस्थ, सुरक्षित मासु बिक्री गर्ने उद्देश्यले ११ करोडको लगानीमा सञ्चालित अल्पाइन मासु उद्योग बन्द भएको छ ।

उपत्यकाको उपझोक्तालाई लक्षित गरि बोसो छाला रहित मासु विक्री गर्ने उदेश्यले आधुनिक बधशाला सञ्चालनमा ल्याएकोमा अहिले विभिन्न समस्याका कारण उद्योग संचालन गर्न नसकिएको अल्पाइन लाइभस्टक एण्ड वायो ट्रेड प्रा.लि.का सञ्चालक माधव अर्यालले जानकारी दिए ।

याे पनि पढ्नुस  मापदण्ड विपरित सञ्चालित उद्योगको बिद्युत् लाइन काटियो

सरकारले पशु बधशाला र मासु जाँच ऐन २०५५, नियामावली २०५७ र निदेर्शिका २०६४ लाई पूर्णरुपमा कार्यान्वयन नगरेको, बिद्युत भार कटौती बढेको, उद्योगको मापदण्ड तथा क्षमता अनुसारको खसी किसानको खोरमा र स्थानीय वजारमा समेत नपाएको, खसी तथा मासुको मूल्य सरकारले नतोकेको कारण उद्योग सञ्चालनमा कठिनाइ आएपछि बन्द गर्नु परेको सञ्चालकले बताए ।

याे पनि पढ्नुस  तीनवटा गाडी ठोक्किदा ३ जना घाइते

काठमाण्डौ उपत्यकामा दैनिक १ हजार ६ सयदेखि १ हजार ८ सय बटासम्म खसीबोकाको मासु खपत हुने तथ्यांकलाई आधार बनाएर २०७० साल साउन महिनाबाट मासु उद्योग सञ्चालनमा आएको थियो ।

धादिङको खयरघारीमा सञ्चालनमा ल्याएको अल्पाइन बधशाला १७ रोपानी जग्गामा ११ करोड लगानी गरेको कम्पनीले जनाएको छ ।

याे पनि पढ्नुस  पार्टी एकता नभए राजीनामा : अधिकारी

सरकार उपत्यकामा भईरहेको खुलेआम बधशाला रोके, विद्युतभार कटौती रोक्ने वा वैकल्पिक व्यवस्था मिलाई दिए, भौतिक पूर्वाधार मर्मत सुधार सहयोग गरे, खसीबोका तथा मासुको मूल्य निर्धारण गरे उपत्यकामा मासु विक्री कक्ष खोल्ने व्यवस्था मिलाई दिएको अवस्थामा पुनः उद्योग सञ्चालन गर्न सकिने सञ्चालक अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्