Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नयाँ नियुक्ति, सरुवा र विदा नदिनु : आयोग

काठमाडौं, भदौ १६ । निर्वाचन आयोगले कर्मचारीको नियुक्ति, सरुवा–बढुवा र विदा नदिन सरकारलाई सचेत गराएको छ ।

शुक्रबार आयोगले पत्रकार सम्मेलन गरी निर्वाचन आचारसंहिता कडाईका साथ पालना गर्न पनि सरकार आग्रह गरेको छ। सरकारको तलब खाने सेना, प्रहरी, निजामति कर्मचारी र अर्धसरकारी निकायका कर्मचारी विदामा बसेको पाइएमा उजुरी गर्न पनि आयोगले सबैमा आग्रह गरेको छ।

आयोगका आयुक्तले कर्मचारी विदामा बसेको पाइएमा आयोगको नजिकको कार्यालय वा केन्द्रीय कार्यालयमा उजुरी दिन भनेको छछन ।

आचारसंहिता लागु भइसकेपछि पनि सरकारले धमाधम कर्मचारी सरुवा गरेको भन्ने सूचना आयोगमा आएको भन्दै आयोगले तत्काल रोक्न आग्रह गरेको छ।

त्यस्तै प्रदेश नम्बर २ मा बाढी पीडितलाई राहत वितरण गर्दा कुनै नारा र राजनीतिक कार्यक्रम नगर्न पनि राजनीतिक दलहरुलाई आयोगले आग्रह गरेको छ।

आयोगले बिहीबार सरकारलाई ७ बुँदे निर्देशन दिँदै आचारसंहिता पालना गर्न स्मरण गराएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: