Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सांसद झा राजपामा प्रवेश

काठमाडौं, भदौ १६ । महोत्तरी जिल्लाको क्षेत्र नम्बर ४ बाट २०७० मा निर्वाचित स्वतन्त्र सांसद चन्द्रेश्वर झा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा प्रवेश गरेका छन्।

स्वतन्त्र सांसद झालाई राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय र अनिल झाले राजापको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराएका थिए।

२५ साँसद भएको राजपा झाले पार्टी प्रवेश गरेपछि २६ साँसदसहित व्यवस्थापिका संसदको चौथो दलको भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: