Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बीरगञ्जमा माअाेवादीकाे चुनावी सभा सकियाे, ३०० काे पार्टी प्रवेश (नाम सहित)

पर्सा, भदौ १८ ।  बीरगञ्ज महानगरपालिका-१३, प्रसौनीमा ३०० जना नेता कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका छन्।

अाइतबार बिहान अायाेजित पार्टी प्रवेश कार्यक्रममा ३०० जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन्।

पार्टी प्रवेशमा बाेल्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता, जनताकाे मुक्ति र विकासका लागि माअाेवादी केन्द्रले जित्नुपर्ने बताए । कार्यक्रममा माअाेवादी केन्द्रका नेता उर्मिला अर्यालले महिला, दलित, जनजातिलाई नागरिक सम्झने पार्टी माअाेवादी मात्रै भएकाे बताए ।

माओवादी केन्द्रले २ नम्वर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तीब्र पारेकाे छ ।

अध्यक्ष प्रचण्डले संविधान संशोधन विधेयक एमालेको चरम नश्लवादी सोच र राप्रपाको बिभाजनले असफल भएको भन्दै संघ र प्रदेशको निर्वाचनपछि फेरि संशोधन गर्न सकिने तर चुनावअघि सम्भव नभएको बताउँदै अाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: