कांग्रेस नगर सभापति चाैधरीसहित २७० माअाेवादीमा प्रवेश

बारा, भदौ १८ । बाराकाे काेल्हबी नगरमा अायाेजित जनसभामा नेपाली कांग्रेसका नगर सभापति मञ्जुदेवी चाैधरीसहित २७० जना नेता कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका छन्।

कार्यक्रममा कांग्रेस, एमाले लगायतका पार्टी परित्याग गरि उनीहरु माअाेवादी केन्द्रमा प्रवेश गरेका हुन्। सभामा बाेल्दै अध्यक्ष प्रचण्डले बाराका जनताकाे भविष्य उज्जवल भएकाे बताउनु भएकाे छ।

याे पनि पढ्नुस  इतिहासमै पहिलो पटक दोधारा र चाँदनीमा प्रधानमन्त्री

कार्यक्रममा प्रचण्डले भन्नुभयाे, “फास्ट ट्रयाककाे मैले नै शिलान्यास गरेकाे छु, अन्तराष्ट्रिय बिमानस्थल बन्दैछ, हुलाकी मार्ग बन्दैछ। यसका लागि तपाईहरुलाई अग्रिम शुभकामना दिन चाहन्छु ।”

प्रचण्डले भन्नुभयाे, “हामी क्रान्तिका लागि मात्रै हाेइन, विकासकाे क्रान्तिका लागि पनि त्यत्तिकै सिपालु छौं। दस महिनामा हामीले जुन मेहेनत गर्यौं, त्यसले विकास र समृद्धिकाे नेतृत्व पनि माअाेवादीले गर्न सक्छ भन्ने कुरा प्रमाणित गरेकाे छ ।”

कमेन्ट गर्नुहोस्