ओलीले भने, ‘बोली सच्याउनेतिर होइन प्रधानमन्त्री ज्यू राजिनामा दिनतिर लाग्नुस्’

चितवन, भदौ १८ । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा माग गरेका छन् ।

आज भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट चुनिएका प्रधानमन्त्रीले भारतमा गएर सांसदको निर्णय फेरी सच्याउछु भन्नु अनावश्यक रहेको भन्दै अब निर्णय पुनः सच्याउन भन्दा पनि राजिनामा दिँदामै वेस हुने बताए ।

याे पनि पढ्नुस  ओलीले भने–राष्ट्रियसभा अध्यादेश का‌ंग्रेसको एकतर्फी दबाबमा जारी

सरकारलाई अरुको झुम्का जोडेर बनाएको पुतलीको सज्ञा दिँदै यो सरकारको आयू लामो नभएको टिप्पणी गरे । उनले अब २ महिनापछि नै एमाले सरकारमा जाने दावी गरे ।

ओलीले राज्यको हैसियत प्रयोग गरेर सरकारले भष्ट्रचार गरेको आरोप लगाए । राज्यशक्तीको दुरुपयोग र संरक्षणमा भ्रष्टचारीको संरक्षण भैरहेको बताए ।

याे पनि पढ्नुस  बोली फेरिएन प्रधानमन्त्रीको: दुई बर्षपछि पनि उस्तै भाषण

ओलीले प्रदेश नम्वर २ को निर्वाचनमा पनि एमाले पहिलो पार्टी वन्ने दावी गरे ।

कमेन्ट गर्नुहोस्