भदौ २१ गतेबाट पुनः अनसन बस्ने डा. केसीको चेतावनी

काठमाडौं, भदौ १८ । निरन्तरको वर्षापछि बाढी र पहिरोले ओपप्रोत नेपाली जनताको दुःख देख्न नसकेर आफ्नो ११ औं अनशनलाई स्थगित गरेको त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले पुनः अनशन बस्ने चेतावनी दिएका छन् । काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए उनले अनसन बस्ने बताएका हुन् ।

याे पनि पढ्नुस  डा. केसीका माग पूरा गर्न प्रचण्डको पहल, सरकारी वार्ता टोलीसहित प्रधानमन्त्रीसँग बैठक जारी

‘नेसनल मेडिकल कलेजको सम्बन्धन केही समयका लागि स्थगत भनेर झुलाउने बहाना गरिएको भन्दै डा केसीले तत्काल सम्बन्धन खारेज गर्न माग गरे अन्यथा आगामी २१ गतेबाट पुनः अनसन बस्ने चेतावनी दिएका छन् ।

उनले विगतका सम्झौता र चिकित्सा शिक्षा ऐन माथेमा प्रतिवेदन र सुझाव अनुसार नै आउनुपर्ने माग गरे। त्रिवि कार्यकारी परिषद्ले काठमाडौं नेसनललाई दिएको सम्बन्धन हिजो स्थगन गरेको हो ।

याे पनि पढ्नुस  डा केसी हत्यारा हुन : सांसद चौधरी

कमेन्ट गर्नुहोस्