Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

६८ लाखभन्दा भारतीय नोटसहित दुई पक्राउ

काठमाडौं, भदौ १८ । नेपाल प्रहरीले ६८ लाख प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँके कोहलपुरकी ४१ वर्षीय कृष्ण कुमारी शर्मा र गोरखाका २९ वर्षीय अर्जुन भण्डारी रहेका छन्।

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले विशेष सुराकीको आधारमा बनस्थलीबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ६८ लाख २० हजार भारतीय नोटसमेत बरामद गरेको हो ।

भारत सरकारले प्रतिबन्द लगाएको हजार र ५ सयका ६८ लाख २० हजार पुराना नोट सहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले सो रकमबाट सर्वसाधारणलाई ठग्ने हेतुले राखेको हुनसक्ने प्रारम्भिक अनुमान लगाएको छ ।

पक्राउ पर्नेहरु भरिया मात्रै रहेको र कारोवाहीहरुलाई पक्राउ गर्ने तयारीमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: