बस दुर्घटनामा ३२ जना घाइते

इनरुवा, भदौ १८। सुनसरीको भोक्राहा गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा–लौकही सडकखण्डमा आइतबार बस दुर्घटना हुँदा ३२ जना घाइते भएका हुन् ।

सप्तरीबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ८५८७ नम्बरको यात्रुबाहक बस साइकल यात्रीलाई जोगाउने क्रममा दुर्घटना भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

याे पनि पढ्नुस  केशरी चौधरीलाई दोहोरो स्वर्ण

घाइते भएकामध्ये नौजना जिल्ला अस्पताल इनरुवामा उपचार गराई घर फर्किएका छन् भने २३ जनालाई थप उपचारका लागि न्यूरो अस्पताल, विराटनगर रिफर गरिएको प्रहरी निरीक्षक शेषनाथ थन्दारले जानकारी दिए । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्