Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चुनावी तालमेलको तयारीमा राप्रपा प्रजातान्त्रिक

जनकपुर, भदौ १९ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्सेर राणाले दुई नम्बर प्रदेशमा हुन लागेको तेस्रो तहको स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेससँग तालमेलको तयारी भइरहेको बताएका छन् ।

सोमबार जनकपुरमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राणाले प्रजातान्त्रिक शक्तिहरुबीच एकता आवश्यक रहेकाले कांग्रेससँग तालमेलको प्रयास गरेको राणाले जानकारी दिए ।

आफूले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिकमा उत्साह देखिएको भन्दै उनले चुनावमा राम्रो परिणाम ल्याउने दाबीसमेत गरे ।

राप्रपा र राप्रपा नेपालबीचमा पार्टी एकीकरण भएपछि पार्टी कार्यकर्ताहरु निसास्सिएर बसेको बताउँदै उनले कमल थापाको अधिनायकवादी चरित्रको कारण अलग हुनु परेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: