Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

घोषणापत्रमै सिमित काठमाडौंको मेयरका १०१ बुँदे प्रतिवद्धता

काठमाडौं ,भदौ २०। सूचना तथा सचारमन्त्री मोहनबहादुर बस्नेत आइतबार लत्रेका टेलिफोनका तार हटाउन आफैं अघि सरे । दुर संचार प्राधिकरणले तार हटाउने लागेपछि त्यसको शुरुवात मन्त्रीले माइतीघरको पोलमा झुन्डेको तार काटेर गरे । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले तीन महिनाभित्र हटाइसक्ने घोषणा गरेका थिए, पोलमा झुन्डिएका तार । घोषणा गरेको तीन महिना बित्न लाग्दा पनि हटाएनन् ।

महानगर प्रमुख शाक्यले पदभार गर्नासाथ सार्वजनिक गरेको १ सय १ बुँदे घोषणापत्रमा तार व्यवस्थित गर्ने उल्लेख थियो । उनले सार्वजनिक गरेको प्रतिवद्धताको ६१ नम्बर बुँदामा ‘अवस्थित पोल तथा तारको उचित व्यवस्थापनका लागि आवश्यक खाका तयार गर्ने’ उल्लेख थियो । आउँदो बुधबार महानगरका जनप्रतिनिधीले सपथ ग्रहण गरेर कार्यभार सम्हालेको तीन महिना पुग्दैछ । यसअघि महानगर लगायतका निकायलाई तार पहिचान गरी हटाएर व्यवस्थ्ति गर्न भनिए पनि नगरेपछि तार काट्नु परेको बस्नेतले बताएका थिए ।

उनको घोषणाको २४ नम्बर बुँदामा सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधिको प्रयोग गरि धुलो र र खाडलरहित सडक निर्माण गर्ने उल्लेख थियो । उनले यो काम पनि गरेनन् । मेलम्ची खानेपानीको लागि काठमाडौं उपत्यका खानेपानी योजनाले पानीका पाइप विछ्याउन सडक खन्यो । त्यही क्रममा खाल्डा बढे । धुलो बढ्यो । यसलाई व्यवस्थित गर्न महानगरबासिले माग गरे । तर, महानगरले आफ्नो प्रतिवद्धता जनाएको काम गरेन ।

‘उल्टै सानातिना काम गर्दा महानगरको बजेट खेर जान्छ भनेर प्रतिक्रिया दिए,’ वसन्तपुरका अनिल तुलाधर भन्छन्, ‘जनलाई यस्तै सानातिना कुराले समस्यामा पारेको छ । महानगर यही साना काम गरिदिएन । धुलो धुवाले धेरैको स्वास्थ्य विगिएको छ । जनतालाई प्रत्यक्ष असर पर्ने काम नगरिएदिएपछि अरु ठूला कामको के अर्थ रहन्छ र ?’

महानगरले देखिने गरी गरेको काम एउटा मात्रै छ । त्यो हो–वृद्ध भत्ता वितरण । उनले सार्वजनिक गरेको १ सय १ कामका सूचीको पहिलो नम्बरमा ‘मासिक सामाजिक सुरक्षा भत्तामा तीन हजार थप गरी पाँच हजार रुपैया बनाउने’ उल्लेख थियो । यो घोषणा भने पूरा भएको छ । ‘देखिएको काम यही हो,’ महानगरका एक उच्च अधिकारी भन्छन्, ‘भित्र प्रतिवेदन बनाउन त लागेका छन् । तर प्रतिवेदन मात्रै बनाएर जनताले पत्याउँदैनन् । देखिने काम भएको छैन जनप्रतिनिधि आएपछि ।’

प्रतिबद्धताको बुँदा नम्बर ४० मा ‘काष्ठमण्डप पुनिर्माणमा स्थानीयको सहभागीता गराउने’ उल्लेख छ । काष्ठमण्डप पुननिर्माणमा जनसहभागीता जुटाउने भन्ने उनको प्रतिवद्धता विरुद्ध आफैं गए उनी । जनसमूदायले बनाउने जिम्मा लिएर निर्माण प्रकृया समेत शुरु भएको काष्ठमण्डप आफैं बनाउने घोषणा गरे । काष्ठमण्डप पुनिर्माण ठेक्कामा दिनु हुँदैन, स्थानीयवासी आफैंले बनाउँछौं भनेर लामो समयदेखि माग राख्दै आएपछि यसको जिम्मा समूदायलाई दिइयो ।

स्थानीय निकायको निर्वाचन हुनु दुई दिन अघि गत वैशाख २८ गते समूदायलाई निर्माण गर्न दिने सम्झौता भएको थियो । सम्झौता भएको दुई महिना नबित्दै महानगरले निर्माण स्थलमा ताला लगाइदियो । काष्ठमण्डपको जग जोगाउन पाल ओडाउन लाग्दा महानगर प्रहरीले ताला लगाइदिएको थियो ।

बुधबार पुनिर्माण प्राधिकरणमा भएको वैठकमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनिर्माणको जिम्मेवारी महानगरले लिने प्रतिवद्धता जनाएका थिए । महानगरले बनाउने प्रतिवद्धता जनाएपछि निर्माणको जिम्मेवारी पाएको काष्ठमण्डप पुननिर्माण अभियानले फेरी ठेकेदारलाई दिने चलखेल भन्दै काष्ठमण्डप समूदायले नै बनाउने भन्दै विज्ञप्ती निकालेका छन् ।

‘पहिला पनि पुरातत्व, महानगरले जनतालाई बनाउन दिने मनसाय थिएन,’ काष्ठमण्डप पुननिर्माण अभियानका अध्यक्ष विरेन्द्रभक्त श्रेष्ठ भन्छन्, ‘जनप्रतिनिधीले जनभावना अनुसार काम गर्नु पर्ने हो । तर यहाँ जनताले बनाउँछौं भनेको सम्पदामा महानगरले अवरोध गरिदिएको छ । विदेशीले सम्पदा बनाउन हुने, तर हामी नेपालीबाट पैसा उठाएर बनाउँछौं भन्दा नपाउने ?’

बुँदा नम्बर ४१ मा पनि सम्पदा पुननिर्माणमा स्थानीयको अवधारणा कार्यन्यवन गर्ने उल्लेख छ । ४२ नम्बरमा भुकम्पले क्षति पुर्‍याएका घर पुननिर्माणको अनुदान र सहुलियत ऋण प्राप्तिको लागि सहजीकरण गर्ने उल्लेख छ । यो प्रतिवद्धता पनि पूरा भएको छैन । ‘घर भत्किएपछि डेरामा बस्नु परेको छ । सरकारले दिएको अनुदानले मात्रै घर बन्दैन,’ झोछेका गणपपितलाल श्रेष्ठ भन्छन्, ‘महानगरले दिने भनेको सहुलियतको ऋण कागजमा मात्रै सिमित छ । घर बनाउन सकिएको छैन । ताहाचालमा भाडामा बस्छौं ।’

नदी किनारामा रहेका मठ मन्दिरको संरक्षण सहितीको बाग्मती, विष्णुमति, रुद्रमति संग्रहालयको निर्माणको प्रक्रिया थालनी गर्न, तारेभीर परियोजनाको प्रक्रिाय अगाडी बढाउने, टोखामा वाटर फल पार्क बनाउने प्रक्रिया अघि बढाउने, ललितपुरमा भएका शिल्पकारको नयाँ ललिपतनम नामको आर्ट एन्ड क्राफट सिटी निर्माण प्रक्रिया शुरु गर्ने, भित्री सहरको ‘हिस्टोरिकल कल्स्टर’ लाई आवश्यकब प्रक्रिया पूरा गरि ‘लाइभ म्युजिक डिक्लेरेसन’ गर्ने जस्ता योजना सार्वजनिक गरेका थिए । अपांग, बालबालिका मैत्री शौचालय सुविधा सहितको वस संचालन गर्ने उनको घोषणा पनि कागजमै सिमित भएको छ ।

त्यसैगरी जन्जालमुक्त सडक सन्जाल कार्ययोजना प्रारम्भ गर्ने, निर्माणधिन चक्रपथलाई विस्तारको कार्यलाई यथाशिघ्र सम्पन्न गर्न प्रभावकारी पहल गर्ने, भक्तपुर हनुमन्तेदेखि कटवाल दहसम्म वागमति किनारहुदै केबल वसको संभाव्यता अध्ययन गर्ने, सम्पुर्ण ट्राफिक लाइटलाई मर्मत गरि सुचारु गर्ने जस्ता काम तीन महिनाभित्रमा शुरु गर्ने शाक्यको घोषणा कार्यन्वन हुन सकेको छैन ।

काठमाडौंलाई प्लाष्टिक मुक्त बनाउन महानगरले पहल गर्ने, ज्येष्ठ नागरिकको घर घरमा निशुल्क सेवाका लागि महानगरका स्वयम् सेवक परिचालन गर्ने, विपन्न, असहाय र विभिन्न कारणले विचल्लीमा परेका नागरिकलाई उच्च प्राथमिकता दिंदै आवश्यकता अनुसार आवास,, स्वास्थ्य उपचार तथा परिवारसँग समन्वय गरी तत्काल उद्धार कार्य प्रारम्भ गर्ने, राज्यको लगानी वा विभिन्न संघ संस्थाबाट सञ्चालित शिशु स्याहार केन्द्र, वृद्धाश्रम, असहाय तथा अपांगता भएका नागरिक संरक्षण केन्द्रको गुणस्तर वृद्धिका लागि अनुगमन गर्ने, महानगरलाई दुव्र्यसन मुक्त सहर बनाउन रोकथा र निर्मुल पार्ने योजना बजनाइ कार्यरम्भ गर्ने, जैष्ठ नागरिक ग्राम केन्द्रको व्यवस्था मिलाउने, हेल्ले मेयर विक्क रेस्पोन्स कार्यक्रम संचालन गर्ने जस्ता मेयरका योजना कागजमै सिमित भएका छन् ।

सोह्र खुटटे पुनस्थापनाको प्रक्रिया अघि बढाउने, ग्रिन एन्ड क्लिन काठमाडौ अभियानको कार्य शुभारम्भ गर्ने, महानगरका महत्वपुर्ण स्थानलाइृ फ्रि वाइफाइ जोन बनाउने, सडक विस्तारसंगै पिडितसंग वार्ता गरी समस्या समाधान गर्ने, साइकल सिटी महानगरको कार्ययोजना बनाउने, महानगरपालिका सहर योजना आयोग गठन गरी काम गर्ने, महानगरको आफ्नै काठमाडौं महानगर निर्माण समिती स्थपना गर्ने, महानगरको आफ्नै काठमाडौं महानगर लगानी कोष स्थापना गर्ने, महानगरको नयाँ संगठनिक संरचना निर्माण जनशक्ति व्यवस्थापन र परिचचालन गर्ने, महानगरको सम्पूर्ण कार्यलाई भ्रष्टाचार मुक्त र पारदर्शी बनाउन इ गभर्नेन्स सिस्टम शुरु गर्ने, युवालाइृ रचनात्मक काममा अवाद्ध गराउने गरी कार्यक्रम ल्याउने, रोजमुलक वातावरण सिर्जना गर्दै अनलाई यम्पोइमेन्छ सूचना केन्द्र स्थापना गर्ने, खेलुकुद क्षेत्रमा विशेष प्रतिभा र योगदा पुर्‍याउने व्यक्तिलाई पुरस्कार र प्रोत्साहनको लागि अक्षय कोष स्थापना गर्ने जस्ता योजना १ सय दिन भित्रमा शुरु गर्ने प्रतिवद्धता जनाएका थिए ।

जन्मदेखि मृत्युसम्मका चाहिने सामग्री सहितको ‘मिनी असन बजार’ विभिन्न ठाउँमा स्थापना गरि सन्चालनका लागि अध्ययन गर्ने, भित्री र बाहिरी सहरमा आवश्यकता अनुसार सार्वजनिक निजी साझेदारीमा पब्ल्कि सर्भिस सेन्टर बनाउने, धर्मपथस्थित पुरानो काठमाडौं महानगरपालिकाको जग्गमा पूर्वस्विकृत नक्सा अनुसार भवन बनाउन शुरु गर्ने, महानगरबाट सन्चालित ल्यन्डपुसिलङको कार्यलाई यथाशिघ्र सम्पन्न गर्ने, घर घरमा अचम्मको सियो र घरघरमा अचम्मको चुलो कार्यक्रम संचालन गर्ने, सही समय सही ठाउ, नो ट्राफिक जाम’को अभियान शुरु गर्ने जस्ता योजना थिए । ‘यि कुनै पूरा भएनन्,’ बानेश्वरका शशि थापा भन्छन्, ‘ट्राफिक जाम झन् बढेका छन् । जाम बढ्नुको एउटा कारण सडकका खाल्डाखुल्डी पनि हो ।’ –कान्तिपुरबाट 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: