एनआरएनए बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित

बेल्जियम, भदौ २०। गैर आवसीय नेपली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई वर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो ।

आफ्नो प्रतिस्पधि सन्तोष श्रेष्ठ (सुवास) लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजय भएका हुन । बिजय दाहालले ११८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धि श्रेष्ठले ९४१ मत प्राप्त गरेका छन ।

बेल्जियम एनआरएनमा पराजित श्रेष्ठ जनसम्र्पक समिति बेल्जियमका पुर्व अध्यक्ष समेत हुन , उनलाई अर्को राजनीतिक संस्था प्रवासी नेपाली मञ्चको सर्मथन रहेको थियो । उनी बेल्जियमका दुई ठुला संगठनका साझा उमेदवार हुन । श्रेष्ठले लोकतान्त्रीक समाबेशी समुहको नेतृत्व गरेका थिए ।

दाहाल जन प्रगतिशिल मञ्चका नेता भए पनि उनलाई जनजाति महासंघ, राप्रपा, बिप्लव (माओवादी)का तर्फबाट साझा उम्मेदवार बनाइएको थियो । कमजोर संगठनका बाबजुद निर्वाचनमा होमिएका दाहाललाई उनको काम गर्ने शैलीलाई देखिर लोकप्रिय मत पाएर बिजयी भएका हुन ।

सामजिक क्रियाकलापमा दृढ दाहालले नेपालका बिभिन्न ठाँउमा सामाजिक काम गरेका छन । उनले निर्वाचित भएसंगै नेपाली दाजुभाइ दिदीबहिनीलाई एनआरएनएको जिम्मेवारी दिएकोमा धन्यवाद ब्यक्त गरे । उनले सबैलाई मिलाएर यो सामाजिक अभियानमा लग्ने बिश्वास ब्यक्त गरे ।

छैटौ अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा कमल पन्थी बिजय भएका छन, प्रथम उपाध्यक्षमा गोबिन्द सिंखडा निर्विरोध भएका थिए । अन्य दुई उपाध्यक्षमा योगिता थापा र खडक केसी बिजय भएका छन । महिला उपाध्यक्षमा अनुजा प्रधान निर्विरोध चयन भएकी थिइन । महासचिवमा कोषाध्यक्षसमेत रहेकी आङमाया लामा शेर्पा निर्वाचित भएकी छन । कोषध्यक्षमा रोशन गुरुङ निर्वाचित भए, सचिवद्धयमा प्रेम तिमल्सिना र जिवन शर्मा निर्वाचित भएका छन ।

छैटौ अधिबेशनले महिला सचिवमा मुना ताम्राकारलाई निर्वाचित गरेको छ । महिला संयोजकमा हरि भट्टराई, युवा संयोजकमा रविन पण्डित, कार्यकारी सदस्यहरुमा चीजकुमार श्रेष्ठ (सिलु सबै भन्दा बढी मत ल्याई बिजय भएका छन । त्यस्तै अन्य सदस्यहरुमा राजु घिमिरे, कुल बहादुर धर्ती, किरण पुन, दिपक न्यौपाने, आङबाबु शर्पा, मिन दोर्जे थापालाई दुई बर्षको लागि निर्वाचित गरेको छ ।

निर्वाचित घोषण सभामा एनआरएनए आईसीसी सचिव अर्जुन कुमार श्रेष्ठ, एनआरएनए बेल्जियम सस्थापक अध्यक्ष रबिन्द्रमा श्रेष्ठ, महिला सह–संयोजक रजनी प्रधान, एनआरएन युरोप संयोजक कुल आर्चाय, सह–संयोजक प्रेम गुरुङ, एनआरएनए बेल्जियमका पुर्व अध्यक्षहरु त्था बिभिन्न संघ–संस्थाका प्रतिनिधि तथा एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

एनआरएनए बेल्जियमको नवनिर्वाचित अध्यक्ष लोक दाहालले कार्यक्रममा भने, ‘बेल्ज्यिमको छैटौं अधिवेशन अन्तर्गतको निर्वाचनमा अध्यक्षको उम्मेदवार म, लोक दाहाललाई सम्पूर्ण बेल्जियमवासी प्रिय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले अपार माया, विश्वास र भरोसा राखी अध्यक्ष जस्तो गरिमामय पदमा निवार्चित गराउनु भएकोले म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

कमेन्ट गर्नुहोस्