Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रीमतीलाई जबर्जस्ती करणी गरे पाँच वर्ष जेल

काठमाडौं, भदौ २१ । अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमानले जेल जानुपर्ने भएको छ । जबर्जस्ती करणी गर्ने श्रीमान पाँच वर्ष जेल जानुपर्ने कानुन संसदबाट पास भई प्रमाणिकरणको क्रममा छ ।

फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो । हाडनातामा करणी गर्नेलाई जन्मकैदसम्मको सजाय तोकिएको छ । १८ वर्ष मुनीका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे पनि करणी गरिएको ठहरिने छ । जबर्जस्ती करणी गर्नेलाई महिलाको उमेर हेरी सजाय निर्धारण गरिएको छ ।

मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याइएको फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा करणीसम्बन्धी नयाँ व्यवस्था गरिएको हो । यो कानुन संसदबाट पारित भइसके पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । नयाँ पत्रिकाबाट

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: