Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वरिष्ठ पत्रकार गौरीको हत्याकाे विराेधमा माईतीघर मण्डलामा प्रर्दशन हुँदै

काठमाडौं, भदौ २१ ।  दक्षिणपन्थी विचारधाराकी आलोचक भारतीय वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या भएको छ ।

नरेन्द्र दाभोलकर, डा एमएम कलबुर्गी र डा गोविन्द पानसरेको हत्या गरेर समाजको गति रोक्न चाहने दक्षिणपन्थीहरुले पुनः अर्की वरिष्ठ पत्रकार तथा “गौरी लंकेश पत्रीके”की सम्पादक गौरी लंकेशको गोली हानी हत्या गरेका हुन् ।

दक्षिणपन्थी विचारको विरोधमा निरन्तर कलम चलाएका कारण उनी चार गोलीको सिकार हुनु पर्‍यो । उनको हत्या मात्र पत्रकारको हत्या नभएकाे भन्दै नेपालमा विराेध सुरु भएकाे छ ।

स्वतन्त्रता र मानवताको घाँटी निमोठ्दै फासीवादको दिशामा चालिएको अर्को कदम भएकाे भन्दै  फासीवादको कदमलाई रोक्न र पत्रकार गौरी लंकेश प्रति समवेदना अर्पण गर्न अाज दिउँसो ३ बजे माईतीघर मण्डलामा प्रर्दशन  गरिँदैछ ।

भारतीय सञ्चारमाध्यमहरुले वरिष्ठ पत्रकार गौरी लंकेशको हत्यामा चासाे नराखेकाे भनेर समेत अालाेचना सुरु भएका छन् । ५५ वर्षीया गौरी मंगलबार साँझ आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले गोली प्रहार गरि हत्या गरेको हाे ।

मोटरसाइकलमा आएका व्यक्तिले उनको टाउको र छातीमा गोली हानेर हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘लंकेश’ पत्रिकाको सञ्चालिका रहेकी उनी ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी थिइन् ।

चलचित्र निर्माता गौरीका पिता पी लंकेशले सन् १९८० देखि ‘लंकेश’ पत्रिकाको प्रकाशन शुरु गरेका थिए ।

गौरीले सोही पत्रिकामार्फत् आफ्नो पत्रकारिता यात्रा अघि बढाएकी थिइन् ।

 

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: