Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

क्रिकेट संघका पूर्वअध्यक्षको निधन

काठमाडौ, भदौ २१ । नेपाल क्रिकेट संघक क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको ८८ वर्षको उमेरमा निधन भएको छ ।

घरको बाथरूममा लडेरपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । मुटु रोगबाट पीडित शाह विगत एक सातादेखि सोही अस्पतालमा उपचाररथ थिए । पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका उनको बुधबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

शाह अध्यक्ष हुँदा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय सहभागिता सुरु गरेको थियो । उनकै पालमा केही भौतिक पूर्वाधारसमेत निर्माण भएका थिए । संघको अध्यक्ष हुनुअघि राष्ट्रिय खेलाडी थिए ।

शाहले क्यानमा ४० वर्षसम्म नेतृत्व गरे । नेपाली क्रिकेटमा लामो योगदान दिएका शाहको निधनले क्रिकेटको क्षेत्रमा ठुलो क्षति पुगेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: