आदित्य पंचोली भन्छन्, ‘कंगना पागल केटी हो’

भदौ २१ । अभिनेता आदित्य पंचोलीले बलिउड नायिका कंगना रणावतलाई पागल केटीको संज्ञा दिएका छन् ।

हालै कंगनाले ‘आप की अदालत’ शोमा दिएको बोल्ड उत्तरका कारण अभिनेता आदित्यले उनलाई पागलको संज्ञा दिएको मिडिया रिपोर्ट्सले जनाएको छ ।

फिल्म ‘सिमरन’ को प्रमोशनका क्रममा लागेकी कंगनाले आफ्नो जीवनसँग जोडिएका कयौँ किस्सामाथिको विचार राख्ने क्रममा ऋतिक रोशन, करण जौहर, आदित्य पंचोली र अध्ययन सुमनको बारेमा बोलेकी थिइन् । जुन कुराले अहिले मिडियामा धमाका मच्चाइरहेको छ ।

कंगनाको अन्तर्वार्तालाई केहीले समर्थन गरेका छन् भने केहिले आलोचना पनि गरेका छन् ।

यसै क्रममा आदित्यले एक अन्तर्वार्तामार्फत आफूमाथि लगाइएको कंगनाको आरोप गलत भएको भन्दै कंगनालाई पागलको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘तपाईहरुले उसको अन्तर्वार्ता हेर्नुभयो ? तपाईहरुलाई लाग्दैन कोही पागल मान्छे कुरा गरिरहेको छ । हामी फिल्म इन्डस्ट्रीमा लामो समयदेखि काम गरिरहेका छौ तर कसैले पनि यस्तो कुरा गरेनन् । म के भनुँ, कंगना पागल केटी हो । यदी तपाई हिलोमा ढुंगा फ्याक्नुहुन्छ भने हिलो आफैँ तिर आउँछ ।’

कंगनाले सार्वजनिक रुपमकै झुटो बोलेका कारण आफ्नो परिवार निकै दुःखी भएको भन्दै अब आफू र आफ्नो श्रीमती मिलेर कंगनाको विरुद्ध कानुनी प्रक्रियामा जाने बताएका छन् ।

कमेन्ट गर्नुहोस्