काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन आजबाट खारेज

काठमाडौ, भदौ २१ । त्रिभुभन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन आजै मितिबाट खारेज भएको छ ।

पटक पटक पिववादमा तानिएको यस उक्त कलेजको सम्बन्धन खारेजीबारे प्रा.डा.गोविन्द केसीको पनि सबैभन्दा ठूलो माग रहेको थियो । त्रिविका उपकुलपति प्रा. डा. तिर्थ खनियाले दिएको जानकारी अनुसार गत शनिबार त्रिविद्वारा गठन गरिएको अनुगमन समितिले बुधबार कलेजको अनुगमन गर्दै रिर्पोट बुझाएपछि आजैका मितिबाट उक्त कलेजको सम्बन्धन खारेज गरिएको घोषणा गरेको छ ।

याे पनि पढ्नुस  नेशनल कलेजको सम्बन्धन नरोके छिट्टै आन्दोलन गर्ने डा. केसीको चेतावनी

गत साउन १२ मा त्रि. वि. कार्यकारी परिषद्ले सो कलेजलाई सर्र्वोच्च अदातलको आदेशको पालना गरेको भन्दै सम्बन्धन दिएको थियो ।

यसअघि त्रिविले उक्त कलेजलाई दिएको सम्बन्धन स्थगन मात्रै गरेको थियो ।

कमेन्ट गर्नुहोस्