रोहिंज्या समस्याः मोदीद्वारा म्यानमारकी नेतृ सूकीको समर्थन

काठमाडौं, भदौ २१ । म्यानमार भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको रोहिंज्या समस्यालाई लिएर म्यानमारकी नेतृ आङ्ग सान सूकीले लिएकाे अडानको समर्थन गरेका छन्।

‘तपाईंले सामना गरिरहेको अप्ठेरा तथा चुनौति हामी पूर्ण रुपमा बुझ्छौं। राखाइन राज्यमा भएका अतिवादी हिंसा, विशेषगरि सुरक्षा फौज विरुद्धका हिंसा अनि निर्दोषहरुलाई परेको असर तथा उनीहरुको ज्यान गएको प्रति तपाईंले दर्शाएको चिन्ता हाम्रो पनि हो,’ मोदीले भने।

याे पनि पढ्नुस  भारतमा मोदी दोहोरिने मत सर्वेक्षणका नतिजाहरू प्रति विपक्षको यस्तो प्रतिक्रिया

यसअघि म्यानमारकी नेतृ सूचीले पछिल्लो रोहिंज्या संकटबारे पहिलो पटक प्रतिक्रिया दिंदै उनको सरकारले राखाइन राज्यमा सबैलाई सुरक्षा दिइरहेको बताएकी छन्।

उनले गलत सूचना फिंजाएर त्यहाँको संकटलाई तोडमोड गरिएको भनेर आलोचना गरेकि छन्।

रोहिंज्या मुसलमान समुदाय विरुद्ध म्यानमारको सेनाले जथाभावी हिंसा मच्चाएको भन्ने खबरहरुको उनले खण्डन गरिन्।

याे पनि पढ्नुस  नेतृ सू चीलाई दिइएको सम्मान फिर्ता

नोबेल पुरस्कार विजेता सूची पछिल्लो हिंसा र रोहिंज्या मुसलमानहरुको दुर्दशाबारे मौन बसेको भनेर आलोचित भएकि थिइन्।

गत दुई सातामा म्यानमारमा अल्पसंख्यक रोहिंज्या मुसलमानहरुविरुद्ध हिंसा मच्चिएका कारण सवा एक लाख शरणार्थी भागेर बांग्लादेश पुगेका छन्।बिबिसी

कमेन्ट गर्नुहोस्